मस्कले लिए ट्वीटरको स्वामित्व, खरिद गरेसँगै सीईओ बर्खास्त

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको स्वामित्व लिएका छन् । मस्कले बिहीवार ४४ अर्ब अमेरिकी डलरमा खरिद गदै सेयर स्वामित्व ग्रहण गरेका हुन् । स्वामित्व लिएपछि मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई हटाएका छन् ।

उनले सीईओ पराग अग्रवाल सहित अन्य दुई म्यानेजरलाई हर्टाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरका सीईओ बनेका थिए ।

मस्कले यसअघि ट्वीटर खरिदका लागि कम्पनीसँग सम्झौता गरेपनि उक्त सम्झौताबाट पछि हटेका थिए । मस्कको यस कदम बिरुद्ध ट्वीटर अदालत गएको थियो ।
दुई कम्पनी बीच सुरु भएको कानुनी लडाइमा मस्कलाई अदालतले ट्वीटर खरिदको समय सीमा तोकिदिएको थियो ।

उनले शुक्रबार सम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए । त्यको एकदिन अघि बिहीवार नै उनले खरिद गरिसकेका छन् । मस्क समय सकिनु दुई दिनअघि बुधबार मस्क ट्विटरको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेका थिए ।

'हचुवा योजना' बाहिरी चक्रपथ ३ दशकदेखि अन्योलमा, अब 'रि-डिजाइन' गर्नुपर्ने Read Previous

'हचुवा योजना' बाहिरी चक्रपथ ३ दशकदेखि अन्योलमा, अब 'रि-डिजाइन' गर्नुपर्ने

दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक Read Next

दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक