माथिल्लो तामाकोशीको विद्युत् उत्पादन १ हप्ता बन्द हुने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलाे माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन एक हप्ता बन्द गरिने भएको छ । आयोजनाको हेडवर्क्स र मुख्य सुरुङको प्राविधिक निरीक्षणका लागि कात्तिक ८ देखि १५ गतेसम्म विद्युत् उत्पादन बन्द गर्न हुने भएको हो ।

दोलखाको विगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको सबै उत्पादन युनिटहरु बन्द गरेर नियमित निरीक्षण गर्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजनाले २०७८ भदौ २४ गतेदेखि ६ वटा युनिटहरूबाट ४५६ मेगावाटको व्यापारिक उत्पादन सुरु भएको थियो । माथिल्लो तामाकोशीको नियमित कार्यतालिका अनुसार १६ महिनापछि जलाशय र मुख्य सुरुङको पानी खाली गरी ती संरचनाहरूको स्थलगत निरीक्षण गर्न लागिएको हो ।

निरीक्षणका लागि जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा करिब ११/१२ घण्टा नदीको बहाव बढ्न जाने भएकोले तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आयोजनाले सबैमा आग्रह गरेको छ ।

लामाबगर, छैतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने लगा धने वस्तुभाउ लैजाने गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न आयोजनाले आग्रह गरेको छ ।

नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवम् सावधानीका साथ गर्न समेत आयोजनाले अनुरोध गरेको छ ।

रेमिट्यान्समा सुधार आउँदा विनिमय संचितिको दबाब कायमै, मूल्यवृद्धि नियन्त्रण बाहिर Read Previous

रेमिट्यान्समा सुधार आउँदा विनिमय संचितिको दबाब कायमै, मूल्यवृद्धि नियन्त्रण बाहिर

असोजमा बैंकको व्यापार : कर्जा र निक्षेप दुवैमा आक्रमक बन्दै इन्भेष्टमेन्ट, कुनको कति ? Read Next

असोजमा बैंकको व्यापार : कर्जा र निक्षेप दुवैमा आक्रमक बन्दै इन्भेष्टमेन्ट, कुनको कति ?