नबिल बैंकले बढायो फोनलोनको सीमा, अब मोबाइलबाटै बिना धितो २ लाख ऋण पाइने

काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।

यसअघि नबिल फोनलोनको सीमा १ लाख रुपैयाँ रहेकामा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा केही बढाइएको छ । नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो ।

अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।

यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘वाइ नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला वाइ नाउ पे लेटरको विकल्प रोज्न सक्छन् ।

आफ्ना फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोनलोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प उपलब्ध हुनेछ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिन्छ ।

‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)ले बताए ।

‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’ उनले थपे ।

काठमाडौंमा फस्टाउँदै व्यवसायिक फूल खेती Read Previous

काठमाडौंमा फस्टाउँदै व्यवसायिक फूल खेती

जलवायु परिवर्तनको असर कृषि प्रणालीमा, खाद्य संकट निम्तिने खतरा Read Next

जलवायु परिवर्तनको असर कृषि प्रणालीमा, खाद्य संकट निम्तिने खतरा