आरएसडीसी लघुवित्तको खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा दोब्बरले वृद्धि भएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुद नाफा १०१.९८ प्रतिशतले बढेको हो ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्म ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड बढी हो । गत वर्षको पहिलो त्रैमासमा लघुवित्तले १ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार भएसँगै लघुवित्तको नाफा दोब्बरले बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेर ७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा ११२.८८ प्रतिशतले बढेर ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ४१ करोड सापटी लिई ६ अर्ब ३५ करोड कर्जा लगानी गरेको छ । हाल ८० करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ११ करोड ९५ लाख र रिजर्भ कोषमा ९ करोड ७४ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ३ करोड १० लाख रुपैयाँ छ ।

खुद नाफामा उछाल आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १०.३४ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी चालु आवमा बढेर १८.९९ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.५९ गुणा, खराब कर्जा ०.६ प्रतिशत, बेसरेट १३.५ प्रतिशत रहेको छ ।

प्याराग्लाइडिङ उडान बारे अध्ययन गर्न समिति गठन Read Previous

प्याराग्लाइडिङ उडान बारे अध्ययन गर्न समिति गठन

काठमाडौंको जग्गा दुई वर्गमा छुट्याइँदै, उपसमिति गठन Read Next

काठमाडौंको जग्गा दुई वर्गमा छुट्याइँदै, उपसमिति गठन