काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ‘एमआइ टीभी फोर ए प्रो ३२’ इन्चको टीभी जित्ने मौका पाउनेछन् ।
अफरको बारेमा जानकारी दिँदै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडा भन्छन्, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टीभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरूका लागि एमआइको टीभी जित्ने अफर ल्याएका छौं ।’
लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आइएमईआइ नम्बर पठाउनु पर्नेछ । प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत ‘एमआइ टीभी फोर ए प्रो ३२’ टीभी जित्नेछन् ।
यो अफर कात्तिक २ देखि १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।