काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दी आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ । कम्पनीले सोमबार भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम संचालनमा ल्याएको हो ।
बीवाइडीले नक्साल शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ । यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि संचालनमा ल्याएको हो ।
नयाँ शोरुमको उदघाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा भएको हो । शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर हरिवंश आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरेका थिए ।
त्यसैगरी, बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरीय उत्पादन विक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेको भन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना दिए ।
शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्नेछ ।’
साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिँदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिइन् ।
यस्तो छ नयाँ मोडलकाे एटो थ्री
लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको ग्लोबल मोडल हो । विश्वका करिब ७० देशमा विक्री गर्ने तयारी भइरहेको एटो थ्रीले विश्व बजारमा सफलता पाउन सुरू गरिसकेको छ ।
बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा बनेको एटो थ्री कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याब्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन भएकै कारण यसलाई मनपराउने मानिस बढ्दै गएका छन्।
आधुनिक फिचरलेभरिपूर्ण क्याविनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, मल्टी फब्गशनल स्टेरिब ह्वील रहेको छ । म्यूजिक र स्पोर्टस्थिममा सजिएको इन्टेरियर, लग्जरी सिट, आकर्षक ड्यासबोर्ड, ८ वटा स्पीकर, किलेस इन्ट्री, एम्बीयन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’ प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा स्टायडर्ड र लब रेन्ज भेरियन्ट उपलब्ध रहे पनि अहिले नेपालमा स्टायडर्ड भेरियन्ट मात्रै उपलब्ध छ । एटो थ्रीको चारवटै चक्कामा डिस्क ब्रेक दिएको छ । १८ इन्चको अलोय ह्वील, एलईडी हेडल्याम्प, डे टाइम रनिब लाइट, फलोमी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।
यूरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको छ । नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । एटो थ्रीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
सुरक्षाको लागि यसमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकडर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ । एडीएएस लेभल दुई बराबरको सुरक्षा फिचर यसमा उपलब्ध रहेको छ ।