यस वर्ष तिहारमा २० लाख माला खपत हुने, मूल्य कति ?

काठमाडौं । नेपालमा फूलको उत्पादन वर्षेनी बढ्दै गएको छ । मागसँगै उत्पादन पनि वर्षेनी करिब १० प्रतिशतले बढ्दै गएको फ्लोरिकल्च एशोसिएसन नेपालले जनाएको छ ।

मुख्यगरी सयपत्री फूलको माग र उत्पादन वर्षेनी १० प्रतिशतले वृद्धि भएको फ्लोरिकल्च एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताए ।

गत वर्षको तिहारमा करिब १८.१५ लाख व्यावसायिक सयपत्री फूलको माला खपत भएको थियो । अघिल्लो वर्ष खपत भएको तुलनामा यस वर्ष समग्रीमा १० प्रतिशतले सयपत्री फूलको मागमा वृद्धि हुने अनुमान गरिएको छ । यस वर्षको तिहारमा २० लाख सयपत्री, ४ लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला गरी करिब २४ लाख ४५ हजार माला खपत हुने अनुमान गरिएको छ ।

उनका अनुसार यो वर्षको तिहारमा मखमली फूलको थोक मूल्य ४० रुपैयाँ प्रति माला रहने छ । खुद्रा मूल्यमा यसको मूल्य ५० देखि ६० रुपैयाँ पर्न सक्ने अनुमान गरिएको छ । सयपत्री फूलको मालाको थोक मूल्य यो वर्षको तिहारमा ५५ रुपैयाँ पर्ने उनले बताए । खुद्रा बजारमा मालाको मूल्य ६० देखि ७० रुपैयाँ माथि पुग्ने छ । गोदावरी फूलको मालाको मूल्य साइज हेरेर १०० देखि २ हजारसम्म पर्ने उनले बताए ।

‘मालाको थोक मूल्य यो वर्ष मखमली ४० र सय पत्रीको ५५ रुपैयाँ तोकेका छाँै, खुद्रामा कति पर्छ त्यो बजारमा पुगेपछि थाहा हुन्छ,’ तामाङले चाणक्य पोष्टसँग भने ‘गोदावरीको माला साइज हेरेर सय देखि २ हजार पर्ने सम्म हुन्छ ।’

सातै प्रदेशको विभिन्न क्षेत्रमा व्यवसायिक रुपमा सयपत्री फूलको खेती भइरहेको छ। जसमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, इलाम रहेको छ ।

साथै धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, रुपन्देहि, कास्की, स्याङजा, बाँके, पाल्पा, तनहु, दाङ, कैलाली लगायतका जिल्लामा पनि सयपत्री फूलको व्यवसायीक खेती हुँदै आएको छ ।

मखमली फूल उत्पादन हुने जिल्ला

मखमली फूलको उत्पादन नेपालका केही भागमा मात्र हुने गर्छ । यो फूल विशेष गरी काठमाडौं उपत्यकाको भक्तपुरको गुण्डु, काठमाडौंको इच्ंगुनारायण, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाम लगायतका क्षेत्रमा हुने गर्छ ।

अर्घाखाँची सिमेन्टले गर्‍यो निर्यात सुरू, सञ्चालक मुरारका भन्छन्, ‘निर्यात गर्ने सपना पूरा भयो’ Read Previous

अर्घाखाँची सिमेन्टले गर्‍यो निर्यात सुरू, सञ्चालक मुरारका भन्छन्, ‘निर्यात गर्ने सपना पूरा भयो’

बीवाइडीको नयाँ 'स्टेट अफ दी आर्ट शोरुम’ नक्सालमा Read Next

बीवाइडीको नयाँ 'स्टेट अफ दी आर्ट शोरुम’ नक्सालमा