भारतबाट बढेर आयो इन्धनको भाउ, प्रतिलिटर कति बढ्यो ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई असोज ३० गते (अक्टोबर १६ तारिख) पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ सामान्य बढेको छ भने डिजेल र हवाई इन्धनको भाउ ह्वात्तै बढेको छ । भारतबाट पेट्रोल प्रतिलिटर १.७४ रुपैयाँ, डिजेल १५.६० रुपैयाँ र हवाई इन्धन १०.२५ रुपैयाँ बढेर आएको छ ।

बढेर आएको नयाँ मूल्य सूचीअनुसार अब डिजेलमा प्रतिलिटर ६.३४ रुपैयाँ नोक्सान हुने निगमले जनाएको छ । पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ । समग्रमा आगामी १५ दिनमा निगमलाई ३९ करोड नाफा रहने भएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएसँगै भारतले पनि बढाएर पठाएको हो । आइओसीले हरेक १५र१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

कात्तिकका लागि कुन बैंकले कति तोके ब्याजदर ? Read Previous

कात्तिकका लागि कुन बैंकले कति तोके ब्याजदर ?

चितवनको १४०० हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ, बाँझो जमिनमा फल्न थाल्यो अन्न Read Next

चितवनको १४०० हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ, बाँझो जमिनमा फल्न थाल्यो अन्न