गाडीसहित ४ वस्तुको आयात प्रतिबन्ध लम्ब्याइयो (सूचीसहित)

काठमाडौं । सरकारले गाडी लयागत ४ वस्तुको आयातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ ।

सरकारले कार, जीप, भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३०० अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात मंसिर मसान्तसम्म लम्ब्याएको हो ।

व्यसायीले आयात प्रतिबन्ध खुलाउन माग गर्दै आए पनि सरकारले ४ वस्तुको प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले वैशाख १३ गतेदेखि आयातमा प्रतिबन्ध लगाइएका १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

भदौ १४ देखि ६ वस्तुको आयात खुला गरिए पनि कार लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३००  डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ सम्म लम्ब्याइएको थियो । यी वस्तुमा आयातमा लाग्दै आएको प्रतिबन्ध सरकारले फेरि मंसिर मसान्तसम्म लम्ब्याएको हो ।

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वैशाखमा असार मसान्तसम्म १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

अर्थशास्त्रीदेखि अर्बपतिसम्मको सांसद मोह : अभिष्ट पूरा गर्न कि परिवर्तन ल्याउन ? Read Previous

अर्थशास्त्रीदेखि अर्बपतिसम्मको सांसद मोह : अभिष्ट पूरा गर्न कि परिवर्तन ल्याउन ?

९०१ आरोहीले लिए विभिन्न हिमाल आरोहणको अनुमति Read Next

९०१ आरोहीले लिए विभिन्न हिमाल आरोहणको अनुमति