के भारतले नेपालमा चीनको ‘कम्युनिष्ट एकता’को एजेण्डा विरुद्ध लड्न सक्छ ?

चिनियाँ राष्ट्रपति सी चिनफिङको बीआरआईले नेपालमा आफ्नो असली रङ देखाउन थालेको छ । दक्षिण एसियामा सामान्य ढंगले ‘कनेक्टिभिटि’को संरचनागत अग्रसरताको रुपमा बुझिए पनि यो त्यो भन्दा धेरै हो । यो लक्षित देशहरुलाई आर्थिक, साँस्कृतिक र संभव भए दार्शनिक रुपमै एकताबद्ध गराउने रणनीतिक योजना हो ।

 

बीआरआईको सैद्धान्तिक पाटो चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा दुई दिने कार्यशालाको आयोजना गरेर उघारेका थिए, गत सेप्टेम्बर २३ र २४ तारिखका दिन । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख टोङ सोको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीसँग राष्ट्रपति सीको ‘चिनियाँ चरित्रको समाजवाद’का बारेमा अन्तर्क्रिया गर्न बेजिङबाट ठूलो टोलीे आएको थियो ।

 

नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुदेखि लिएर धेरै कार्यकर्ताले उक्त अन्तर्क्रियामा भाग लिएका थिए । अन्तर्क्रियाको उद्घाटन गर्दै नेपालका प्रधानमन्त्री केपी ओलीले सीका विचारहरु प्रेरणादायी छन् र चीनको विकास प्रक्रियाबाट नेपाले धेरै सिक्नु पर्छ भनेर सम्बोधन गरेका थिए ।

 

धेरै प्रयत्न र ठूलो स्रोत लगानी गरेको चीनले नेपालको कम्युनिष्ट एकतालाई थप मजबुत बनाउन र त्यसमा आफ्नो रणनीतिक उपस्थिति जनाउन सकेजति प्रयास गर्ने नै छ ।

 

 

चीनले नेपालको ‘कम्युनिष्ट एकता’लाई मजबुत पार्नका लागि भरमजदूर प्रयास गर्नेछ

 

सत्तारुढ दुई पार्टीको सैद्धान्तिक सम्बन्धको स्थापनालाई चीनले बीआरआईको छाता मुनी नेपालमा राजनीतिक, आर्थिक र साँस्कृतिक घुसपैठको रुपमा बुझ्न सकिन्छ । नेपालको राजनितीक र बौैद्धिक वृतमा तत्कालिन नेकपा एमाले र माओवादीलाई मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाउनमा चीनको ठूलो भूमिका छ भन्ने बुझाई छ ।

 

धेरै प्रयत्न र ठूलो स्रोत लगानी गरेको चीनले नेपालको कम्युनिष्ट एकतालाई थप मजबुत बनाउन र त्यसमा आफ्नो रणनीतिक उपस्थिति जनाउन सकेजति प्रयास गर्ने नै छ ।

 

आर्थिकरुपमा –अहिले त्यति चासो नदिइएको, तर दीर्घकालमा ठूलो महत्व राख्ने– प्राय सबै बीआरआईका परियोजनाका सम्झौताहरुमा नेपालको चिनियाँ लगानीलाई प्रोत्साहन र सुरक्षा प्रदान गर्ने र उनीहरुका आर्थिक नीति र योजनाहरुसँग समन्वय गर्ने प्रतिबद्धता परेका छन् ।

 

चीन–भारत नाकामा ‘विशेष आर्थिक क्षेत्र’ स्थापित गरेर दुई देशबीच आर्थिक सम्बन्ध गाँस्ने प्रस्ताव राष्ट्रपति सीले गरेका छन् ।

 

कसरी चीनले नेपालको भारतसँगको परनिर्भरता घटाउन ‘मद्दत’ गर्दैछ

 

नेपालको व्यापारका लागि वैकल्पिक ट्रान्जिट रुटहरुको निर्माण र बीआरआईका परियोजनाहरुका माध्यमबाट रेल र बाटोको ‘कनेक्टिभिटि’ स्थापित गरेर चीनले नेपाललाई भारतसँगको ‘परनिर्भरता’ घटाउन ‘मद्दत’ गर्ने वाचा गरेको छ ।

 

नेपालका प्रतिपक्ष दलहरु र रणनीतिक समुदायहरुले यसको विरोध गरेका छन् । नेपालको गणतान्त्रिक व्यवस्था र समावेशी लोकतन्त्रसँग सीको सिद्धान्त र चिनियाँ शासन प्रणाली मेल नखाने उनीहरुको दलिल छ । दुई पाटीबीच भएको अन्तर्क्रियालाई राष्ट्रपतिको भ्रमणको पूर्व तयारीको रुपमा मात्र बुझ्नु गल्ती हुनेछ ।

 

साँस्कृतिक पाटोमा चीनले नेपालको बुद्ध धर्मको सन्दर्भमा ‘युद्ध जितेको जस्तो’ देखिएको छ । त्यसको शुरुवात उसले लुम्बिनी क्षेत्रको विकास गरेर दक्षिण एसियाको बुद्ध धर्मावलम्बीहरुको ‘हब’ बनाउनका लागि सन् २०११ मा ३ अर्ब डलरको सहयोगको प्रस्ताव गरेर गरिसकेको छ ।

 

अन्तर्क्रियामा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच भएको ६ बुँदे ‘एमओयू’मा ‘उच्च स्तरिय राजनीतिक भेटघाट गर्ने’, ‘अध्ययन भ्रमणहरु गर्ने’, ‘पार्टीका अनुभवहरु साटासाट गर्ने’ जस्ता विषयहरु परेका छन् ।

 

नेपालका विद्यालयहरुमा म्यानडरिन भाषा सिकाइन्छ, नेपालमा चिनियाँ पर्यटकहरु बढ्दो छन्

 

साँस्कृतिक पाटोमा चीनले नेपालको बुद्ध धर्मको सन्दर्भमा ‘युद्ध जितेको जस्तो’ देखिएको छ । त्यसको शुरुवात उसले लुम्बिनी क्षेत्रको विकास गरेर दक्षिण एसियाको बुद्ध धर्मावलम्बीहरुको ‘हब’ बनाउनका लागि सन् २०११ मा ३ अर्ब डलरको सहयोगको प्रस्ताव गरेर गरिसकेको छ ।

 

भिक्षुहरुलाई दलाई लामा विरोधी विचारहरु फैलाउनका लागि प्रशिक्षण दिइएको छ । म्यानडरिन भाषा विद्यालय तहमा सिकाउन शुरु गरिएको छ, जसले नेपाली युवायुवतीहरुलाई चिनियाँ मूल्य र मान्यता तर्फ ढल्काउने छ, दीर्घकालमा । चिनियाँ पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । सन् २०१८ मा चिनियाँ पर्यटकहरुको संख्या १ लाख ५० हजार पुगेको छ ।

 

नेपालमा ठूलो संख्यामा कन्फ्युसियस अध्ययन र चिनियाँ अध्ययन केन्द्रहरुको स्थापना गरिएका छन्, नेपालीहरुलाई चिनियाँ इतिहास सिकाउन र साँस्कृतिक र परम्परागत मान्यताहरु घुसाउन ।

 

सीमातिरका शेर्पा समुदायका प्रभावशाली व्यक्तिहरुलाई विशेष परिचयपत्रहरु जारी गरिएका छन् । उनीहरु तीब्बतमा गएर आफूलाई चाहिने सरसामान सहजै किन्न सक्ने भएका छन् ।

 

भारतसँग चीनको यति ठूलो साँस्कृतिक, सैद्धान्तिक र राजनितीक चुनौतीको सामना गर्नका लागि कुनै प्रभावकारी विचार भएको देखिदैन ।

 

भारत आफ्ना पुराना वाचाहरु पूरा गर्न र नेपाली शासकहरुको अहंमा पुर्याएको चोटमा मल्हम लगाउन प्रयासरत छ । तर, यो चिनियाँ बीआरआईको अगाडि कमजोर सावित भएको छ ।

 

ऊ सन् २०१५ को संवैधानिक मामिलामा गरेको आफ्नो घिनलाग्दो राजनीतिक हस्तक्षेप र त्यसपछि आधारभूत सामानहरुको प्रवाहमा विचारविहिन र अपरिपक्व ढंगले पुर्‍याइएको अवरोधको घाउ चाट्दै बसेको छ ।

 

हिन्दूत्वको डम्फू बजाउनुका अलावा भारतले नेपालमा धेरै गर्नु छ

 

भारत आफ्ना पुराना वाचाहरु पूरा गर्न र नेपाली शासकहरुको अहंमा पुर्‍याएको चोटमा मल्हम लगाउन प्रयासरत छ । तर, यो चिनियाँ बीआरआईको अगाडि कमजोर सावित भएको छ ।

 

भारतको नेपालमा गहिरो साँस्कृतिक र सभ्यताको जरो गाडिएको छ । कम्तिमा पनि तत्कालका लागि चिनियाँ साँस्कृतिक धक्काले यसलाई हल्लाउन सक्ने छैन । सत्तारुढ घटकका असंगठित जत्थाहरु हिन्दूत्वको डम्फू बजाउँदा बजाउँदै असफल भएका छन् ।

 

सन् २०१४ मा सकारात्मक प्रभाव पारेको मोदीको जादु सन् २०१५ पछिका गम्भिर भूलहरुले ध्वस्त पारिसकेका छन् ।
बीआरआई युआनले बेरेर ल्याएको र धपक्क बलेको सीको राजनीतिक विचारका अगाडि मोदीको त्यो जादु छायाँमा परेको देखिन्छ ।

 

चिनियाँ साँस्कृतिक धक्का दीर्घकालसम्म रहँदैन भन्ने निश्चिन्तता भारतको रणनीतिक तहमा रहेको देखिन्छ । चिनियाँ भाषा सिक्न निकै गाह्रो हुने र चिनियाँ मूल्य–मान्यताहरु र जीवन बाँच्ने तौर तरिका नेपालीहरुका लागि त एकदम अनौठो नै हुन्छ भन्ने उनीहरुको बुझाई छ । तर, यस्ता बुझाइहरुमा सच्चाईका केही अंशहरु भएनै पनि त्यतिन्जेलसम्म नेपालमा भारतीय स्वार्थहरुमा चीनले गम्भिर असरहरु पुर्‍याइसक्नेछ ।

द क्वीन्ट डटकमबाट

नेपालको आर्थिक वृद्धिदर ६.४% हुने विश्व बैंकको प्रक्षेपण Read Previous

नेपालको आर्थिक वृद्धिदर ६.४% हुने विश्व बैंकको प्रक्षेपण

यी हुन् नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारी Read Next

यी हुन् नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारी