काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतले हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बजार मूल्यको आधारमा नेपालको अर्थतन्त्र सो बिन्दुले बृद्धि हुने बैंकले प्रक्षेपण गरेको हो।
दक्षिण एसियाको आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै बैंकले गत वर्ष नेपालको आर्थिक बृद्धिदर ७.१ प्रतिशतले भएको जनाएको छ ।
यस वर्ष दक्षिण एसिया क्षेत्रको समग्र अर्थतन्त्र सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ। औद्योगिक उत्पादन तथा आयातमा कमी तथा वित्तीय क्षेत्रमा आएका चुनौतिका कारण अर्थतन्त्र सुस्त भएको र यो सुधार हुने प्रष्ट सम्भावना नभएको बैंकले बताएको छ।
यो वर्ष नेपालको आर्थिक बृद्धिदरमा दक्षिण एसियामा तेस्रो हुने विश्व बैंकले जनाएको छ । भुटान र बंगलादेशको आर्थिक बृद्धिदर नेपालकोभन्दा बढी हुने अनुमान गरेको छ । गत वर्ष भने नेपालको बृद्धिदर दक्षिण एसियामा दोस्रो थियो ।