नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त मर्ज हुँदै, स्वाप रेसियो कति ?

काठमाडौं । नेशनल माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । दुई लघुवित्त संस्थाहरु बीच असोज २६ गते मर्जर सम्बन्धी सम्झौता भएको हो ।

मर्जरपछि बन्ने संस्थाको नाम नेशनल समिट लघुवित्त वित्तीय संस्था रहने भएके छ । नयाँ संस्थाको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हालको नेशनल माइक्रोफाइनान्सको नै हुने जनाइएको छ ।

दुई संस्थाबीच १००:८० सेयर अनुपात (स्वाप रेसियो)मा मर्जर हुने भएको हो । अर्थात् समिटको १०० कित्ता सेयर हुनेको मर्जरपछि ८० कित्ता कायम हुनेछ ।

मर्जरपछि एकीकृत लघुवित्तको पूँजी कोष २ अर्ब बढी हुनेछ । हाल नेशनलको चुक्ता पूँजी ५८ करोड ६६ लाख र जगेडा कोषमा ७४ करोड ९४ लाख संचिछि छ ।

त्यस्तै, समिटको चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा २५ करोड ३३ लाख रुपैयाँ छ ।

दुई लघुवित्तको सेयर कारोबार रोक्का Read Previous

दुई लघुवित्तको सेयर कारोबार रोक्का

ढोरपाटन सिकार आरक्षमा नाउर झारलको सिकार गर्न अनुमति, कति लाग्छ खर्च ? Read Next

ढोरपाटन सिकार आरक्षमा नाउर झारलको सिकार गर्न अनुमति, कति लाग्छ खर्च ?