काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।
एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै समिट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो ।
दुई लघुवित्त संस्थाहरु बीच असोज २६ गते एकआपसमा मर्जरमा जाने सम्झौता भएको हो ।