काठमाडौं । रुरु जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कम्पनीले आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको सेयरमूल्य ७५१.८२ रुपैयाँ कायम भएको छ ।
यही समायोजित मूल्यका आधारमा बिहीबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले बुधबार कारोबार भएको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो।
कम्पनीले आव २०७८/८९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ ।