५६ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले उत्पादन तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको हो ।

कुल ३६७ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राखिने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले उक्त रकम मुद्दतीमा राख्न इच्छुक बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।

कुल ५६ करोड मध्ये ४४ करोड ८० लाख रुपैयाँ निक्षेप वाणिज्य बैंक, ८ करोड ४० लाख रुपैयाँ विकास बैंक र २ करोड ८० लाख रुपैयाँ वित्त कम्पनीमा राख्ने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम र दिने ब्याजदर समेत खुलाएर आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकका अनुसार असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था न्यूनतम पूँजीकोष कामय गरेका, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, सञ्चालनमा आएको २ वर्ष नाघेको, सञ्चालन मुनाफामा भएको, सीडी रेसिया राष्ट्र बैंकले तोकेअनुसार कायम गरेको हुनुपर्नेछ ।

नेपालबाट थप ४ देशमा सिधा हवाई उडानको तयारी Read Previous

नेपालबाट थप ४ देशमा सिधा हवाई उडानको तयारी

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी