काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ ।
दुई लघुवित्त संस्थाहरु बीच असोज १४ गते एक्वीजिसन सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा डिप्रोक्सका तर्फबाट अध्यक्ष दीपक खनाल र आदर्शको तर्फबाट अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दुई संस्थाबीच कति सेयर अनुपात (स्वाप रेसियो)मा एक्वीजिसन हुने भन्ने बारे केही खुलाइएको छैन । सम्भवतः डीडीए रिपोर्टपछि स्वाप रेसियो निर्धारण हुनेछ ।
प्राप्तिपछि एकीकृत लघुवित्तको पूजी कोष साढे ३ अर्ब हुनेछ । हाल डिप्रोक्सको चुक्ता पूँजी १ अर्ब २८ करोड र आदर्शको २० करोड रुपैयाँ छ ।
