काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग एक्वीजिसनमा जाने सम्झौता गरेसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले आदर्शको सेयर कारोबार रोक्का गरेको हो ।
दुई लघुवित्त संस्थाहरु बीच असोज १४ गते एक्वीजिसन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा डिप्रोक्सका तर्फबाट अध्यक्ष दीपक खनाल र आदर्शको तर्फबाट अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्राप्तिपछि एकीकृत लघुवित्तको पूँजी कोष साढे ३ अर्ब हुनेछ । हाल डिप्रोक्सको चुक्ता पूँजी १ अर्ब २८ करोड र आदर्शको २० करोड रुपैयाँ छ ।