बढ्न थाल्यो कच्चा तेलको भाउ, ओपेकद्धारा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुन थालेको छ । तेल उत्पादक देशहरुको समूह (ओपेक)ले दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको भाउ बढ्न थालेको हो ।

गतसाता प्रतिब्यारेल ८७ डलर रहेको ब्रेन्ट क्रुड आयलको भाउ बढेर बिहीबार प्रतिब्यारेल ९४ डलर पुगेको छ । त्यस्तै, डब्ल्यूटीआइ क्रुड आयलको भाउ ८३ डलरबाट बढेर ८८ डलर पुगेको छ ।

ओपेकले सन् २०२०मा कोभिड महामारीपछि एकैपटक ठूलो परिमाणमा तेल उत्पादन कटौती गर्ने निर्णय गरेको हो ।
तेलको घट्दो मूल्य नियन्त्रण गर्न ओपेकले उत्पादन घटाउने निर्णय गरेको बताइएको छ ।

ओपेकको घोषणाले अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्ने देखिएको छ । रुस युक्रेन युद्धका कारण बढेको कच्चा तेलको भाउ केही महिना यता घट्दो क्रममा थियो । तर, ओपेकले उत्पादन कटौती गर्ने घोषणा गरेसँगै फेरि बढ्ने देखिएको छ ।

मूल्य वृद्धिको मार व्यहोरिरहेका देशहरु तेलको भाउ बढेमा झनै मारमा पर्ने देखिन्छ ।

गत वर्षको नाफाबाट ३ बैंकको लाभांश घोषणा, कुनको कति ? Read Previous

गत वर्षको नाफाबाट ३ बैंकको लाभांश घोषणा, कुनको कति ?

राेकियाे मुग्लिन-पोखरा सडक विस्तार Read Next

राेकियाे मुग्लिन-पोखरा सडक विस्तार