काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ बैंकले लाभांश घोषणा गरेका छन् । दुई वाणिज्य बैंकसहित ३ बैंकले लाभांश घोषणा गरेका हुन् ।
गत वर्षको नाफाबाट सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेका हुन् ।
सिटिजन बैंकले गत आर्थिक वर्षको मुुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षमा १६ प्रतिशत लाभांश दिएको बैंकले यसपटक लाभांश ७ प्रतिशत घटाएको छ ।
त्यस्तै, कुमारी बैंकले गत आवको वितरण योग्य मुनाफाबाट कर प्रयोजनसहित १२.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
लगानी समूहअन्तर्गत रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।