८ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेको छन् । यसैक्रममा, हालसम्म सूचीकृत ८ कम्पनीले गत वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरूमा सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सानिमा माइ हाइड्रोपावर, अरुण काबेली, नेपाल ल्युब आयल, बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल (बालाजु) र कुमारी बैंक रहेका छन् ।

कुनले कति घोषणा गरे लाभांश ?

सिटिजन बैंकले गत आर्थिक वर्षको मुुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षमा १६ प्रतिशत लाभांश दिएको बैंकले यसपटक लाभांश ७ प्रतिशत घटाएको छ ।

त्यस्तै, अरुण काबेली पावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ नगद गरी कुल १०.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, सानिमा माई हाइड्रोपावरले ५.२७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लगानी समूहअन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै,  नेपाल ल्युब आयल लिमिटेडले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

त्यसैगरी, उत्पादनमूलक कम्पनी बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद र बोटलर्स नेपाल (बालाजु)ले २० प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

त्यस्तै, कुमारी बैंकले गत आवको वितरण योग्य मुनाफाबाट कर प्रयोजनसहित १२.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

देशका मुख्य पर्यटकीय ठाउँ घुम्न कति लाग्छ खर्च ? यस्ता छन् टूर प्याकेजहरू Read Previous

देशका मुख्य पर्यटकीय ठाउँ घुम्न कति लाग्छ खर्च ? यस्ता छन् टूर प्याकेजहरू

स्वदेशी चिउराले नै धान्छ दशैंको माग, बजारमा पाइन्छन् यस्ता चिउरा Read Next

स्वदेशी चिउराले नै धान्छ दशैंको माग, बजारमा पाइन्छन् यस्ता चिउरा