दशैंको बिदाका दिनमा कुन बैंकका कहाँ-कहाँका शाखा खुल्छन् (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरूले ग्राहकको सुविधालाई मध्येनजर गर्दै बडा दशैं २०७९ को सार्वजनिक बिदाका दिनहरूमा पनि बैकिङ सेवा प्रदान गर्ने भएका छन् । बैंकहरूले देशभरका आफ्ना विभिन्न शाखाहरूमार्फत् सेवा प्रदान गर्ने भएका हुन् ।

अधिकांश बैंकहरूले दशैंका बिदाका दिनहरू फूलपाति, अष्टमी, नवमी र एकादशीका दिनमा कार्यालय खोल्ने जनाएका छन् भने केहीले दशैंको टिकाको दिनमा समेत सेवा प्रदान गर्ने जनाएका छन् । बैंकहरूले ३६५ दिने बैंकिङ सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकका शाखा खोल्ने जनाएका छन् ।

बिदाका दिनमा बैंकहरूले खोल्ने शाखाहरूबाट नगद जम्मा गर्नेरझिक्ने र चेक सटहीको सेवा प्रदान गर्नेछन् । बिदाका दिनमा खुल्ने वाणिज्य बैंक र तिनका शाखाहरू निम्न रहेका छन् ।

प्रभु बैंक :  प्रभुले दशैं बिदाको समयमा काठमाडौं उत्पत्यका भित्र ३ वटा र उपत्यका बाहिरका ८ वटासहित ११ वटा शाखा कार्यालय ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल : सिटिजन्सले दशैं बिदाको समयमा काठमाडौं उत्पत्यका भित्र ६ वटा र उपत्यका बाहिरका ७ वटासहित १३ वटा शाखा कार्यालय ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने बैंकले जनाएको छ । सानिमा बैंक : सानिमाले दशैं बिदाको सातै प्रदेशमा २ दर्जन बढी  शाखा कार्यालय खाेल्ने भएकाे छ ।

ग्लाेबल आइएमई बैंक :ग्लाेबलले पनि दशैं बिदाको सातै प्रदेशमा २ दर्जन बढी  शाखा कार्यालय खाेल्ने भएकाे छ ।

लक्ष्मी बैंक : लक्ष्मीले दशैं बिदाको समयमा काठमाडौं उत्पत्यका भित्र २ वटा र उपत्यका बाहिरका डेढ दर्जन शाखा कार्यालय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

नबिल बैंक : नबिलले दशैं बिदाको समयमा काठमाडौं उत्पत्यका भित्र ८ वटा र उपत्यका बाहिरका १८ गरी २६ शाखा कार्यालय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

नेपाल बैंक :  नेपाल बैंकले दशैं बिदाको समयमा ४ प्रदेशका ४ वटा शाखा कार्यालय खुला गर्ने बैंकले जनाएको छ ।

 एनआइसी एशिया बैंक :  एनआसीले पनि दशैं बिदाको सातै प्रदेशमा २ दर्जन बढी  शाखा कार्यालय खाेल्ने भएकाे छ ।

एनएमबी बैंक : एनएमबीले पनि दशैं बिदाको सातै प्रदेशमा २ दर्जन बढी  शाखा कार्यालय खाेल्ने भएकाे छ ।

प्राइम कमर्शियल बैंक : प्राइमले दशैं बिदाको समयमा काठमाडौं उत्पत्यका भित्र ४ वटा र उपत्यका बाहिरका १२ गरी कुल १६ शाखा कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

हवाई उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमै अलपत्र Read Previous

हवाई उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमै अलपत्र

दशैंमा एक ठाउँबाट अर्को ठाउँ जान गाडी पाइएन ? यी राइडिङ सेयरिङ प्रयोग गर्नुहोस् Read Next

दशैंमा एक ठाउँबाट अर्को ठाउँ जान गाडी पाइएन ? यी राइडिङ सेयरिङ प्रयोग गर्नुहोस्