त्रिभुवन विमानस्थलको ५ किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।

विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

ड्रोन उडानसम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणको भनाइ छ ।

पोखरामा पर्यटकको घुइँचो, डुङ्गा व्यवसायी व्यस्त Read Previous

पोखरामा पर्यटकको घुइँचो, डुङ्गा व्यवसायी व्यस्त

सगरमाथा हवाई मैदान निर्माण गर्न रूख कटान सुरू, १० हेक्टर क्षेत्रको काटिने Read Next

सगरमाथा हवाई मैदान निर्माण गर्न रूख कटान सुरू, १० हेक्टर क्षेत्रको काटिने