आइएमई दशैं अफरको चौथो हप्ताको विजेता घोषणा

काठमाडौं । दशैं, तिहार लगायत चाडपर्वहरूको अवसरमा आइएमईले ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत चौथो हप्ताका विजेता घोषणा भएको छ ।

बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत विजेता घोषणा गरिएके हो ।

घोषित नतिजा अनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । विजेताद्वयले जनही . २५ हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम विक, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप पाएका छन् ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ दश लाख उपहार स्वरूप प्रदान गरिनेछ ।

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कुल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

कुमारी बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो Read Previous

कुमारी बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा बढ्यो

हवाई क्षेत्रको अडिट गर्न ईयूको प्राविधिक टोली नेपाल आउँदै, कालोसूचीबाट हट्ने आशा Read Next

हवाई क्षेत्रको अडिट गर्न ईयूको प्राविधिक टोली नेपाल आउँदै, कालोसूचीबाट हट्ने आशा