 
			काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट कर प्रयोजनसहित १२.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकले घोषणा गरेको लाभांश अघिल्लो आव २०७७/७८ को तुलनामा ४ प्रतिशत बढी हो । बैंकले उक्त आवमा ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                