बिलासी फ्रन्सेली समूह ‘एलभीएमएच’ले दोस्रो त्रैमासमा उल्लेख्य नाफा बढाएको वित्तिय विवरण सार्वजनिक गरेको छ । फोब्र्सले जनाए अनुसार यसका कारण कम्पनीको सेयर मुल्यमा उछाल आएको छ र कम्पनीका प्रमुख कार्यकारी बर्नाड आर्नल्टको खुद सम्पत्ति ३ दिनमै ५.१ अर्ब डलरले बढेको छ ।
७० बर्षिय बर्नाड सन् २०१९ को सुरुवाती समयमा बिश्वको ४ औं धनीको रुपमा सूचिकृत थिए । त्यसपछि उनको सम्पत्ति यसरी बढ्यो कि उनले बिल गेट्स र वारेन बफेटलाई उछिनेर दोस्रो नम्बरमा उक्लिए । त्यसपछि हाल उनी तेस्रो स्थालमा फर्किएका छन् । अमेजोनका जेफ बेजोस र माइक्रोसफ्टका मालिक बिल गेट्समा यो पृथ्वीमा उनीभन्दा धनी मानिस हुन् ।
बर्नाडको अधिकाशं सम्पत्ति एलभीएमएच बाट नै आउँछ, जहाँ उनको ४१ प्रतिशत हिस्सेदारी छ र कम्पनीको कमाण्ड पनि उनी आफैं सम्हाल्छन् । एलभीएमएचको सेयर सन् २०१९ मा मात्र ५० प्रतिशत भन्दा बढिले बढिसकेको छ ।
तलका ५ वटा तथ्यले बनार्डको सम्पत्ति कसरी ह्वात्तै बढ्यो भन्ने प्रश्नको केही सामान्य जवाफ दिन्छन् ।
सन् २०१९ को जनवरी महिनासम्म उनी फोब्र्सको अर्बपतिहरुको सूचिमा वारेन बफेट, बिल गेट्स र जेफ बेजोस भन्दा तल थिए । उनको कुल सम्पत्ति ६८.६ अर्ब डलर रहेको थियो ।
हाल उनी ९६.३ अर्ब डलरका साथ तेस्रो स्थानमा रहेका छन् ।
मार्च महिनासम्ममा उनको सम्पत्ति १४ अर्ब डलरले बढ्यो र उनले बफेटलाई उछिने ।
त्यसपछि जुलाईमा उनले माइक्रोसफ्टका बिल गेट्सलाई पनि उछिने ।
बनार्ड अहिले माथिको २ स्थानमा ठाउँ जमाउने ६ जना मध्येको एक भएका छन् । यो २ स्थानमा कुनै न कुनै बेला ठाउँ जमाउनेमा बेजोस, गेट्स, जाराका संस्थापक अर्मानसिओ ओर्टेगा र मेक्सिकोका कार्लोस हिलु रहेका छन् ।
बनार्डले सन् २०१९ मा मात्र २८ अर्ब डलर भन्दा बढि सम्पत्ति कमाएका छन् । पहिलो ६ महिनामा त झन् उनको सम्पत्ति ३९ अर्ब डलरले बढेको थियो ।
हाल दोस्रो स्थानमा रहेका बिल गेट्सले सन् २०१९ मा १६ अर्ब डलरले आफ्नो सम्पत्ति बढाएका छन् । पहिलो स्थानका रहेका जेफ बेजोसले भने यो बर्ष १ अर्ब डलरले सम्पत्ति गुमाएका छन् ।