काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय नेपाल सरकारले गरेको छ।
बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो ।
चिनियाँ राष्ट्रपति सी शनिबार चार बजे नेपाल आइपुग्ने कायृक्रम रहेको छ । सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो ।
सि आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा नेपालसँग द्विपक्षीय ुकनेक्टिभिटीु लगायतका भौतिक पूर्वाधारका विषयमा केन्द्रित हुने बताइएको छ।