प्रभु बैंकको १६ र महालक्ष्मी विकासको १७% लाभांश प्रस्ताव

काठमाडाैं ।  प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

हाल ८ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपश्चात पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ। बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २४ रुपैयाँ कायम गरेको थियो।

 

महालक्ष्मी विकास बैंककाे १७%

 

त्यस्तै महालक्ष्मी विकास बैंकले पनि गत आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १६ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने २२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र करसहित ९.८९ प्रतिशतले हुन आउने २८ करोड १४ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल १७.८९ प्रतिशतले हुन आउने ५० करोड ९० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांशहरू राष्ट्र बैंकको स्वीकृति र कम्पनीकाे आगामी साधारणसभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले पाउनेछन्।

१ महिना बन्द हुँदा पनि शुल्क असुलेर अभिभावकको ढाड सेक्दै निजी शिक्षण संस्था Read Previous

१ महिना बन्द हुँदा पनि शुल्क असुलेर अभिभावकको ढाड सेक्दै निजी शिक्षण संस्था

सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा Read Next

सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा