यस्तो छ सी जिनपिङको सवारी हुँदा बन्द हुने रुट

काठमाडौं । सी जिनपिङ नेपालको राजकिय भ्रमणका लागि आज अपरान्ह ४ बजे त्रिभुवन बिमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । सीको नेपाल भ्रमणको क्रममा भने काठमाडौको ट्राफि व्यबस्थापन भने पुर्ण रुपमा प्रभावित हुने देखिएको छ ।

 

४ बजे विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको सीको स्वागतमा राष्ट्रपति, प्रधानमन्त्रि तथा उच्च पदस्थ अधिकारीहरु विमानस्थल जाने छन् । सो क्रममा २ बजेदेखि राष्ट्रपति भवन शीतलनिवासदेखि लाजिम्पाट, दरबारमार्ग, माइतीघर, नयाँ बानेश्वर र एयरपोर्टसम्मको रुटमा सवारीसाधन आवागमन प्रभावित हुने छ ।

 

विमानस्थलदेखि सी रहने सोल्टि होटलसम्मको रुटमा पनि सवारिसाधन आवागमन बन्द हुने छ ।

 

माइतीघरदेखि त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टी होटल आसपासका क्षेत्रमा सवारीसाधन चलाउन पाइने छैन ।

३ दिनमै ५ अर्ब डलर भन्दा बढि कमाएका अर्बपति Read Previous

३ दिनमै ५ अर्ब डलर भन्दा बढि कमाएका अर्बपति

चीनका नाकामा सहज प्रवेश र मल्टिपल भिसाको व्यवस्था गर्न व्यवसायीको माग Read Next

चीनका नाकामा सहज प्रवेश र मल्टिपल भिसाको व्यवस्था गर्न व्यवसायीको माग