दशैंको बिदामा पनि निगमका यी १३ डिपो खुल्ने, पेट्रोलपम्प बन्द नहुने

काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पेट्रोलियम पद्धार्थ अभाव हुन नदिन आफ्ना डिपोहरू खुला राख्न निर्देशन दिएको छ ।

दशैंको बेला पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि निगमले देशका विभिन्न ठाउँका १३ वटा डिपोहरू खुला राख्ने भएको हो ।

अन्य समयकोभन्दा दशैंमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै सबै पेट्रोलपम्महरू खुल्ने निगमले जनाएको छ । पप्पहरूलाई सहजै तेल आपूर्ति गराउन बिदाका दिनमा पनि १३ वटा डिपोहरू खुला हुने निगमको भनाइ छ ।

निगमका अनुसार प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगंजमा डिपो असोज १६, २९ र २१ गते खुला हुनेछ । यसैगरी, वाग्मतीको थानकोट र गण्डकीको पोखरा डिपो असोज १५, १६, १८ र २१ गते खुल्नेछ ।

यस्तै, लुम्बिनीको भैरहवा डिपो असोज १५, १६, १७, २१ र २२ गते, कर्णालीको सुर्खेत डिपो असोज १६ र २१ गते र सुदूरपश्चिमको धनगढीमा डिपो असोज १६, १७ र २१ गते खुला हुने निगमले जनाएको छ ।

यसैगरी, शाखा कार्यालय चारआलीमा १६ र २१ गते, नेपालगंज, धनुषा, वीरगंज, दाङ र दिपायलमा पनि २१ गतेसम्म निगमको डिपोहरू खुला हुनेछन्।

आजदेखि दुई मुख्य राजमार्गमा टिपर चलाउन रोक, अन्य गाडीमा टाइम कार्ड लागू Read Previous

आजदेखि दुई मुख्य राजमार्गमा टिपर चलाउन रोक, अन्य गाडीमा टाइम कार्ड लागू

डिजिटल मुद्रा ल्याउने तयारीमा जुट्यो राष्ट्र बैंक, अवधारणा प्रतिवेदन सार्वजनिक Read Next

डिजिटल मुद्रा ल्याउने तयारीमा जुट्यो राष्ट्र बैंक, अवधारणा प्रतिवेदन सार्वजनिक