नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अब अनलाइनबाटै

काठमाडौं । अब नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)कोे अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै काट्न सकिने भएको छ । एयरलाइन्सले सोमबारदेखि अनलाइन टिकट बुकिङ सुरु गरेको हो ।

आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनका अनुसार अब नेपाल एयरलाइन्सको वेबसाइटमार्फत विश्वको जुनसुकै कुनाबाट एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।

उनले भनिन्, ‘नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’

नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ ।

दैनिक ५० हजारले काठमाडौं छाड्दै, दशैंमा २० लाख बाहिरिने Read Previous

दैनिक ५० हजारले काठमाडौं छाड्दै, दशैंमा २० लाख बाहिरिने

उत्पादन बढ्दा घट्यो तरकारी र फलफूलको आयात Read Next

उत्पादन बढ्दा घट्यो तरकारी र फलफूलको आयात