स्मार्ट फोन किन्दा शतप्रतिशत छुटदेखि कारसम्म पाइने, कुन किन्दा के पाइन्छ ?

काठमाडौं । दशैं सुरू भएसँगै स्मार्टफोन कम्पनीहरूले छुट तथा आकर्षक अफर सार्वजनिक गर्न थालेका छन् । कम्पनीहरूले व्यापार बढाउन विभिन्न अफरहरू सार्वजनिक गर्न सुरू गरेका हुन् ।

दशैंमा मानिसको चहलपहल र किनमेल बढ्ने गरेको छ । जसको कारण व्यापार विस्तारको लक्ष्य भेट्टाउन यस अवधिलाई कम्पनीहरूले उपयुक्त मौकाको रुपमा लिने गरेका छन् ।

नेपालमा सबैभन्दा धेरै सामसङ, ओपो, रेडमी, रियलमी, भिभो, साओमी, पोको लगयत ब्रान्डका स्मार्टफोनहरू विक्री हुने गरेका छन् । बजार विस्तारमा प्रतिस्पर्धा गरिरहेका यी कम्पनी बीच ग्राहक तान्ने होड चल्ने गरेको छ ।

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’

टेक्नोलोजी ब्रान्ड रियलमीले विजयादशमी, दिपावली तथा छठको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । असोज १० गतेबाट सुरू भएको यो अफरमा उपभोक्ताहरूले स्मार्टफोन, टीभी, वाशिङ मसिन लगायत अन्य आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यो योजना अन्तर्गत कात्तिक १४ सम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरू छानिने कम्पनीले जनाएको छ । यसरी छानिएका विजेताहरू मध्ये हरेक हप्ता २ जनाले रियलमी सी ३० स्मार्टफोन जित्न सक्नेछन् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फोके टीभी जित्न सक्नेछन् ।

योजनामा सहभागी हुन रियलमी क्याम्पी एन्स डटकममा गएर आफ्नो नाम, फोन नम्बर, खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरू राखेर दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

साओमीको छुट अफर

स्मार्ट फोन ब्रान्ड साओमीले दशैं लक्षित ग्राहकहरूका लागि छुट अफर ल्याएको छ । कम्पनीले आफ्नो मोबाइल सेटहरूमा मूल्य घटाएको जनाएको छ । साओमी नेपालका कन्ट्री जेनरल म्यानेजर अमित पंडाले दशैंको अवसरमा उपभोक्ताको लागि साबिककोभन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराइरहेको बताए ।

यो अफर अन्तर्गत उपभोक्ताहरूले रेडमी नोट ११ सिरिजमा १००० रुपैयाँ र रेडमी नोट १२ सिरिजमा ३००० सम्मको छुटमा स्मार्टफोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर सिमित असोज २ गतेदेखि कात्तिक १७ सम्म लागू हुनेछ ।

सामसुङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी ड्याम्मै कार’

ग्राहकहरूको आकर्षणका लागि सामसुङले दशैंमा विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो ब्रान्डको कुनै पनि स्मार्ट फोन वा ट्याब खरिद गर्दा ग्राहकलाई हरेक दिन सामसुङ टीभी उपहारको व्यवस्था गरेको जनाएको छ । यसैगरी, ग्राहकले बम्पर उपहारमा कार जित्न सक्नेछन् ।

दक्षिण कोरियाको स्मार्ट फोन उत्पादन कम्पनी सामसुङ नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यो कम्पनीका स्मार्ट फोन सबैभन्दा धेरै विक्री हुने मध्यमा पर्छन् ।

ओपो सित्तैमा जित्ने मौका

यस स्मार्ट फोन कम्पनीले दशैंको अवसरमा ग्राहकलाई सित्तैमा मोबाइल जित्न सक्ने अफर ल्याएको छ । ओपो स्मार्ट फोन खरिद गरिसकेपछि ग्राहकले कम्पनीको क्यूआर स्क्यान गर्नुपर्नेछ । जसमा ग्राहकले सित्तैमा एक स्मार्टफोन जित्ने मौका पाउने छन् ।

यो छुट दशैंतिहारको अवधिसम्म कायम रहने कम्पनीले जनाएको छ । यसैगरी, नोकियाले दशैंमा लक्किी ड्र अन्तर्गत स्मार्टफोन जित्न सकिने अफर ल्याएको छ ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकले मोबाइल सेट खरिद गर्नुपर्ने छ । जसमा ग्राहकले नोकिया जी ११ प्लस, सी २१ प्लस,सी ३०,सी २०,जी २० लगायत जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

 

डलरको भाउले बनायो नयाँ कीर्तिमान, नेपाली रुपैयाँ इतिहासकै कमजोर Read Previous

डलरको भाउले बनायो नयाँ कीर्तिमान, नेपाली रुपैयाँ इतिहासकै कमजोर

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा