शपिङ मलका दशैं अफर : बम्परमा मोटरसाइकलदेखि विदेश भ्रमणसम्म, कुनको के छ ?

काठमाडौं । दशैं नजिकिएसँगै व्यापारिक कपलेक्सहरूले विभिन्न छुट सुविधा ल्याउन थालेका छन् । ग्रहाक आकर्षण गरेर व्यापार बढाउने उदेश्य सहित किनमेल गर्नेहरूका लागि नगद छुटदेखि बम्पर उपहारसम्मका अफरहरू ल्याउन थालेका हुन् ।

दशैंमा किनमेल तथा मानिसको चहलपहल बढ्ने भएकाले व्यापारीहरूका लागि आम्दानी गर्ने यो विशेष सिजन हो । जसको कारण नगद छुट दिएर होस्,वस्तु उपहारको व्यवस्था गरेर मलहरूले व्यापार बढाउने रणनीति अपनाइरहेका छन् । हरेक वर्ष दशैं, तिहार तथा छठ पर्वको अवसरमा सामान्य पसलदेखि ठूला व्यापारिक कम्पलेक्सहरूले बम्पर उपहार र छुटको अफर ल्याउने गरेका छन् ।

विगत दुई वर्ष कोभीड महामारीले सुस्ताएको व्यापार बढाउने तयारीमा मलका व्यापारीहरू छन् । कोरोना महामारीले यस अघिका वर्षहरूमा दशैं–तिहार सुनसान प्राय थिए । मानिसहरूको चहलपहल र किनमेल कम हुँदा व्यापारिक गतिविधि पनि सुस्ताएको थियो ।

कोभिडले खुम्चिएको आर्थिक गतिविधि तथा मानिसको आवतजावतमा आएको कमिका कारण व्यापारीहरूले यस अवधिमा व्यापार बढाउन सकेनन् । यस वर्ष भने मलदेखि सहरका सामान्य पसलमा किनमेल गर्ने मानिसहरूको भीड छ ।

दशैंलाई किनमेल र खानपिनसँग जोडेर हेर्ने गरिन्छ । सोही कारण व्यापारदेखि खरिद कर्ताको समेत आर्थिक गतिविधिमा फेरबदल आउँछ । यसलाई व्यापारीहरूले आम्दानीको राम्रो मौकाको रुपमा हेर्ने गर्छन् ।

संघीय राजधानीमा रहेको मुख्य व्यापारिक मलहरूले थरिथरीका अफर योजनाहरू ल्याएका छन् ।

बीजी मल : काठमाडौंको नयाँ बसपार्क स्थित यस मलले बीजीमल फेन्ट्रास्टीक दशैं–तिहार उपहार योजना ल्याएको छ । जसअन्तर्गत ग्रहाकले सीनेमाको टिकट,ब्याक, लकेज, वासिङ मेसिन, टीभी,रेफ्रिजेटर, मिक्सर, भ्याकुम क्लिनर,राइस कुकर, पाउने मलले जनाएको छ ।

यसैगरी, बम्पर उपहार अन्तर्गत १२५ सीसीसम्मको एमहा स्कुटर प्राप्त गर्नसक्ने छन् । मलका अनुसार यो सुविधा ६ असोजदेखि कात्तिक ३० सम्म लागू हुने छ भने त्यसका लागि ग्रहाकले न्यूनतम १ हजार रुपैयाँसम्मको सामान खरिद गर्नुपर्नेछ ।

एपेक्स मल : नयाँ बानेश्वरमा रहेको यस मलले ग्रहाक लक्षित दशैंको लागि विभिन्न अफर तथा छुट सुविधा ल्याएको छ । मलले लक्की ड्र अन्तर्गत क्लिनर,टीभी, फ्रिज,राइस कुकर,मिक्सर, वासिङ मेसिन लगायत सामान प्राप्त गर्न सकिने जनाएको छ । यो अफर १० असोजदेखि कात्तिक १३ गतेसम्म कायम रहनेछ । जसको लागि ग्रहाकले न्यूनतम ५०० रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्नेछ ।

सिभिल मल : सुन्धारामा रहेको यस मलले शपिङ गर्ने ग्रहाकहरूका लागि बम्पर उपहारमा स्कुटर राखेको छ । दशैं–तिहार महोत्सव अन्तर्गत वासिङ मेसिन, टीभी, फ्रिज र क्लिनर लगायत सामाग्रीहरू प्राप्त गर्न सकिने मलले जनाएको छ । जसको लागि न्यूनतम १ हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने छ भने यो योजना असोज ८ देखि कात्तिक २६ गतेसम्म लागू हुनेछ ।

सीटी सेन्टर मल : काठमाडौंको कमल पोखरी स्थित यस मलले दशैं–तिहारको लागि विभिन्न अफरहरू ल्याएको छ । ग्रहाकलाई लक्कि ड्र, फूडस्टल, झुम्बा,कन्सर्ट,रमालो ग्याम अफर, फूडस्टल र मोर स्टलको सुविधा रहेको मलले जनाएको छ । योजना असोज १ देखि कात्तिक ५ गतेसम्म लागू हुनेछ ।

केएल टावर : चाबहिलमा रहेको यस मलले रमाइलो दशैं–तिहार योजना ल्याएको छ । यस अन्तर्गत सिनेमा टिकट,शपिङ भौचर,मिकस,राइस कुकर, वासिङ मेसिन,टीभी, रेफ्रिजेटर,टाइम वाच लगायत उपहारहरू दैनिक र साप्ताहिक रुपमा प्राप्त गर्न सक्ने मलले जनाएको छ । यसैगरी, बम्पर योजनामा चारदेखि पाँच दिनको दुबई टुर र एमहाको एफ जेड मोटरसाइकल जित्न सकिनेछ ।

यो योजना असोज ५ गतेदेखि कात्तिक ३० सम्म लागू हुनेछ । उपहार जित्न ग्रहाकले न्यूनतम एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्नेछ ।

लबिम मल : ललितपुरमा रहेको यस मलले ग्रहाकहरूका लागि विभिन्न उपहार योजना ल्याएको छ । लक्कि ड्र अन्तर्गत ग्रहाकले मोटरसाइकल, स्कुटर,टीभी तथा विभिन्न सामानहरू जित्न सक्नेछन् ।

मलका अनुसार यो योजना असोज १० गतेदेखि लागू भएर कात्तिक १३ गते सम्म रहनेछ । यस अवधिमा मलभित्र सामान खरिद गर्ने ग्राहकले सो उपहार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

यसैगरी, नयाँ बसपार्क स्थित लोत्से मल,न्यूरोड स्थित विशाल बजार,सुन्धारामा रहेको सीटीसी मल विश्वज्योती मल लगायत व्यापारिक कम्पलेक्सहरूले दशैंको अवसर पारेर आकर्षक पुरस्कार सहित अफर तथा छुट सुविधाहरू ल्याएका छन् ।

 

 

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द Read Previous

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

नारायणगढ-बुटवल सडकमा ठेकेदारको हेलचेक्र्याइँ, १ महिनाभित्र ठेक्का रद्द गर्ने सरकारको चेतावनी Read Next

नारायणगढ-बुटवल सडकमा ठेकेदारको हेलचेक्र्याइँ, १ महिनाभित्र ठेक्का रद्द गर्ने सरकारको चेतावनी