काठमाडौं । बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको असोज ६ गते बसेको बैठकले सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
त्यसैगरी, बोटलर्स नेपाल (बालाजु)ले पनि आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
प्रस्तावित दुवै कम्पनीको लाभांश आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।