काठमाडौं । पछिल्लो समय निक्षेप संकलनमा सुधार आउन थालेको छ । चरम तरलता अभाव झेलिरहेका बैंकहरुलाई निक्षेप थपिने थालेपछि केही राहत मिल्न थालको छ ।
भदौ महिनामा ५२ अर्ब निक्षेप थपिएको थियो भने असोजमा पनि निक्षेप थपिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस साताको एकैदिन १६ अर्ब निक्षेप थपिएको छ ।
मंगलबारको तुलनामा बुधबार प्रणालीमा १६ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकले जनाएको छ । मंगलबार वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८८ अर्ब रहेकोमा बुधबार ४५ खर्ब ४ अर्ब पुगेको छ ।
निक्षेप बढे पनि कर्जा लगानी भने सुस्त नै रहेको छ ।बुधबार एकैदिन १६ अर्ब निक्षेप बढ्दा सोही अवधिमा कर्जा लगानी भने १ अर्ब मात्र रहेको छ ।
निक्षेप बढेसँगै सीडी रेसियोमा पनि सुधार आएको छ । मंगलबार सगग्र बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८७.५९ प्रतिशत रहेकोमा बुधबार घटेर ८७.३० प्रतिशतमा आएको छ ।