काठमाडौं बाहिर सेवा विस्तार गर्दै पठाओ, असोज ८ देखि चितवनमा

काठमाडौं । साइडिङ सेयरिङ पठाओले काठमाडौं उपत्यका बाहिर सेवा विस्तार गर्ने भएको छ । कम्पनीले असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु गर्ने भएको हो ।

चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाल बताउँछिन् ।

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो, करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनले भनिन्, ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ, आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

चितवनमा पठाओमा आबद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ ।

गण्डकी प्रदेशमा महँगी बढाउने राम्दी पुल Read Previous

गण्डकी प्रदेशमा महँगी बढाउने राम्दी पुल

३ जीवन बीमा कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ? Read Next

३ जीवन बीमा कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?