३ जीवन बीमा कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् ।

हालै ४ जीवन बीमा कम्पनीले उक्त आवको मुनाफाबाट लाभांश घोषणा गरेको छन् । तीमध्ये ३ कम्पनीको सेयर किन्दा प्रस्तावित लाभांश पाइने छ ।

लाभांश घोषणा गरेकामध्ये एशियन लाइफ बाहेक बाँकी ३ कम्पनीले साधरण सभा प्रयोजनका लागि बुकक्लोज तोकेका छैनन् । नेपाल लाइफ, नेशनल लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरे पनि अझै बुकक्लोज तोकेका छैनन् । तसर्थ, ती कम्पनीको सेयर किन्दा अझै घोषित लाभांश पाइन्छ ।

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कर प्रयोजनसहित १५.७८९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र सम्बन्धित कम्पनीको साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

काठमाडौं बाहिर सेवा विस्तार गर्दै पठाओ, असोज ८ देखि चितवनमा Read Previous

काठमाडौं बाहिर सेवा विस्तार गर्दै पठाओ, असोज ८ देखि चितवनमा

बेगनास र रुपा तालबाट १५० मेगावाट बिजुली निकालिने, २० अर्ब खर्च हुने Read Next

बेगनास र रुपा तालबाट १५० मेगावाट बिजुली निकालिने, २० अर्ब खर्च हुने