काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
बिहीबार कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई ७ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको हो ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका बैंकमा १ वा २ वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ ।
त्यसैगरी, कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफूले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर शिलबन्दी प्रस्ताव बुझाउन सक्नेछन् ।
प्रस्तावको मान्य अवधि १ महिनाको हुनु पर्नेछ भने केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालयबाट प्राप्त प्रस्ताव मान्न नहुने कम्पनीले जनाएको छ ।