काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ।
एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । एडीबी नेपालको आर्थिक वृद्धि सन् २०२३ मा ४.७ को तुलनामा सन् २०२३ मा अझ घट्ने प्रक्षेपण गरेको हो । एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
सरकारले ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखे पनि एडीबीले नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।
अर्थतन्त्रमा देखिएका दबाबले चालु वर्षमा प्रभाव पार्ने बैंकको विश्लेषण छ। बाह्य क्षेत्रको सन्तुलनका लागि भन्दै सरकारले आयातमा लगाएको प्रतिबन्ध, मूल्यवृद्धि तथा भुक्तानी सन्तुलनका लागि राष्ट्र बैंकले बढाएको ब्याजदर लगायतका कारणले गर्दा आर्थिक गतिविधिमा उल्लेखनीय विस्तार नदेखिएको बैंकले प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्ष नेपालको मुद्रास्फीति ६.३ प्रतिशतबाट केही सामान्य अंकले घटेर ६.१ प्रतिशत कायम हुने उसको आकलन छ। संकुचनकारी मौद्रिक नीति, विश्व अर्थतन्त्रमा आएको मन्दी तथा पेट्रोलियम पदार्थको मूल्यम आएको गिरावटले मुद्रास्फीति वाञ्चित सिमाभित्र रहने एसियाली विकास बैंकले भनेको छ।
स्थिर रेमिट्यान्स आप्रवाह र आयातमा भएको कमी चालु खाता घाटा यस आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनको ८.१ प्रतिशतमा सीमित हुने एडीबीले प्रक्षेपण गरेको छ
नेपालका लागि एडीबीका क्षेत्रीय निर्देशक अर्नाउड काउकोइसले भनेका छन्, ‘कोभिड संक्रमणको रोकथामका लागि लगाइएको लडकाउनका र पुनरुत्थान, कमजोर स्वास्थ्य प्रणालीलाई तनाव दिने डेंगु ज्वरोको तीव्रता, प्राकृतिक प्रकोपहरूबाट उत्पन्न प्रकोपहरू र भूराजनीतिक उथलपुथलले आर्थिक वृद्धिको सम्भावनालाई अझ कम गर्न सक्छ।’
अपडेटले सामान्य मनसुनका कारण कृषिको वृद्धि हुने सम्भावना देखिए पनि मलको निरन्तर अभावले धान उत्पादनमा प्रतिकूल असर पार्न सक्ने बताइएको छ। जलविद्युतको बढ्दो उत्पादन र उद्योगहरुमा जलविद्युतको बढ्दव उपयोगले आर्थिक वृद्धिदरमा केही भरथेक गर्ने बताइएको छ।