काठमाडौं । बरुण इन्भेष्टमेन्ट लिमिटेडले १५ लाख कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले आइपीओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लिको तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।
वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी ६० करोड रुपैयाँ रहेको छ ।
संस्थापक समूहको ७७ प्रतिशत सेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक सेयरधनीहरुबाट ४० करोड बराबरको सेयरपूँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ । यस कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ ।
बरुण इन्भेष्टमेन्ट लि ले बझाङ्ग स्थित कलंगा हाइड्रो लि (१५.३३ मेगावाट) , सानीगाड हाइड्रो लि (३८.४७ मेगावाट) र बुङगल हाइड्रो लि (१०.७० मेगावाट) गरी ३ हाइड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ । हालै कम्पनीले संखुवा खोलामा हाइड्रो प्रवद्धन गर्ने तयारीमा रहेको ।