३ एयरलाइन्स कम्पनीले रामेछाप–लुक्ला उडान गर्दै, भाडा कति ?

काठमाडौं । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् ।

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् ।

रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि १५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार २७५, नेपालीका लागि रु ५ हजार २८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति रु ७ हजार ५० भाडादर लागू हुने बताइएको छ ।

अनुमति बिना होर्डिङ बोर्ड नराख्न काठमाडौं महानगरको निर्देशन Read Previous

अनुमति बिना होर्डिङ बोर्ड नराख्न काठमाडौं महानगरको निर्देशन

एउटै खोलामा ६ हाइड्रोपावर, स्थानीयले बिजुलीको पैसा तिर्न नपर्ने Read Next

एउटै खोलामा ६ हाइड्रोपावर, स्थानीयले बिजुलीको पैसा तिर्न नपर्ने