काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न निर्देशन दिएको छ ।
महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो।
‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।
उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्नरनगराउन भनेको छ।
नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।