काठमाडौं । सानिमा बैंकले क्यास डिपोजिट मेसिन संञ्चालनमा ल्याएको छ । केन्द्रिय कार्याल, नक्सालबाट उक्त सेवा सुचारु गरेको हो । बैंकले यस प्रविधि संञ्चालनमा ल्याएसँगै ग्रहाकहरुले मेसिनबाट आफैले खातामा रकम जम्मा गर्नसक्ने भएका हुन् ।
यस सुविधाबाट ग्रहाकलाई काउन्टरमा लाइन बस्नपर्ने झन्जट मुक्त हुने तथा समयको बचत हुने बैंकको विश्वास छ । हाल उक्त मेसिनबाट ग्रहाकहरुले ५०० र १००० दरका १ लाखभन्दा कम नेपाली नोट जम्मा गर्नसक्ने बैंकले जनाएको छ । साथै रकम जम्मा गरेपछि ग्रहाकले रसिद पनि प्राप्त गर्नसक्नेछन् ।