बैंकमा आउन थाल्यो पैसा, एक सातामै थपियो ४० अर्ब निक्षेप

काठमाडौं । तरलता अभाव झेलिरहेका बैंकहरुलाई केही राहत मिलेको छ । पछिल्लो एक सातामै बैंकिङ प्रणालीमा ४० अर्ब निक्षेप थपिएसँगै झिनो राहत मिलेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि नै लगातार घट्दै गएको निक्षेप भदौमा भने सुधार आएको हो । साउनमा १ खर्ब बढी निक्षेप बाहिरिएकोमा भदौम आधा खर्ब निक्षेप थपिएकाे छ ।

नेपाल बैंकर्स संघका अनुसार भदौ महिनाको अन्तिम साता मात्रै वाणिज्य बैंकहरुले ४०.५४ अर्ब निक्षेप संकलन गरेका छन् । भदौ २४ गतेसम्म बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा ३१ गते आइपुग्दा बढेर ४४ खर्ब ८६ अर्ब पुगेको संघले जनाएको छ ।

एक साताको अवधिमा स्वदेशी मुद्राको निक्षेप ४०.४० अर्ब रुपैयाँ र विदेशी मुद्राको निक्षेप १४ करोड रुपैयाँ बढेको छ । समग्रमा भदौ महिनामा बैंकहरुमा ५२ अर्ब १५ करोड रुपैयाँ निक्षेप थपिएको छ।

निक्षेपमा सुधार आएसँगै कर्जा विस्तारमा पनि केही सधार आएको छ । पछिल्लो एक् साताको अवधिमा बैंकहरुले २.२० अर्ब कर्जा लगानी गरेका छन् । भदौ २४ सम्म बैंकहरुले कुल ४१ खर्ब ८८ अर्ब कर्जा लगानी गरेकोमा भदौ ३१ आइपुग्दा बढेर ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

समग्रमा भदौ महिनामा बैंकहरुले १३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

नेपाल लाइफले सुरू गर्‍यो डाइनामिक क्यूआर प्रणाली Read Previous

नेपाल लाइफले सुरू गर्‍यो डाइनामिक क्यूआर प्रणाली

बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह Read Next

बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह