काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ई–सेवासँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट प्रणाली सञ्चालनमा ल्याएको छ ।
कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
नेपाल लाइफका देशभरका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।
आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
यस प्रणालीको माध्यमबाट २ लाख रुपैयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने कम्पनीको भनाइ छ ।
ग्राहकपिच्छे फरक-फरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैं सिस्टममा अपडेट हुने यसको विशेषता रहेको कम्पनीले जनाएको छ।