नेपाल पुनर्बीमा कम्पनीले रिरेट्रो प्रोग्रामको लागि १९ ब्रोकर छनोट (सूचीसहित)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले रिरेट्रो प्रोग्रामको लागि १९ पुनर्बीमा ब्रोकर कम्पनी छनोट गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को लागि १९  पुनर्बीमा ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको हो । कम्पनीले गत वर्ष २६ ब्रोकर छनोट गरेको थियो ।

कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार ब्रोकर कम्पनीहरु छनोट गरेको छ । कम्पनीले छनोट गरेका अधिकांश पुनर्बीमा ब्रोकरहरु भारतीय कम्पनीहरु रहेका छन् ।

कम्पनीले आफ्नो जोखिमलाई हस्तान्तरण गर्नको लागि नेपाल रिरेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा ब्रोकर कम्पनीहरु छनोट गरेको हो । पुनर्बीमा ब्रोकरले पुनर्बीमा कम्पनी र बीमा कम्पनीसँगको मध्यस्थकर्ताको रूपमा काम गर्दछन् ।

संविधान दिवसमा ५ दर्जन बढी उद्योगी व्यवसायीलाई पदक, कसले के पाए ? Read Previous

संविधान दिवसमा ५ दर्जन बढी उद्योगी व्यवसायीलाई पदक, कसले के पाए ?

दशैंमा घर जान दुई दिनमा कतिले काटे बसको अग्रिम टिकट  ? Read Next

दशैंमा घर जान दुई दिनमा कतिले काटे बसको अग्रिम टिकट ?