काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ९९८ जनालाई मानपदवी, अलङकार र पदकबाट विभूषित गर्ने निर्णय गरेको छ ।
समाजका विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै ९९८ जनालाई सम्मान गर्न लागेको हो । यसरी मानपदवी पाउने ७३६, अलङकार पाउने १७६ र पदक पाउने ८१ जना रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।
मानपदवी पाउनेहरुमध्ये ५ दर्जन बढी उद्यमी, व्यवसायी, बैंकर लगायत अर्थ क्षेत्रका व्यक्तिहरु रहेका छन् । सरकारले उद्योगीद्धय पशुपति मुरारका र चन्द्रप्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदीप पदक दिने भएको छ ।
मुरारका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् भने ढकाल महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष हु्न। यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि सुकीर्तिमय राष्ट्रदीप पाएका छन्।
यसैगरी, सुप्रबल जनसेवाश्रीबाट व्यवसायी कुशकुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, पर्यटन व्यवसायी राम थापा, रामबहादुर कोइरी सम्मानित हुने भएका छन्।
यस्तै, नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनएमबी बैंकका सीईओ सुनील केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिएको छ । त्यस्तै, बैंकरहरू मनिराम पोख्रेल, दिनेश थकाली र रुकमिणाकुमारी ज्ञवालीले राष्ट्र यशोवद्र्धक पाएका छन् ।
प्रबल जनसेवाश्री पाउनेमा व्यवसायीहरू सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनीलकुमार वंशल, ओमकार गौचन, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार, सुवोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सिताराम उप्रेती, सुरेन्द्रकुमार गोयल र चतुर्भुज अग्रवाल रहेका छन् ।
यसैगरी शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल, गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष कुल आचार्य, कर्पोरेट कानुनव्यवसायी सेमन्त दाहाल, मुरलीधर रुंगटा, बेनीगोपाल मुन्दडा पनि सम्मानित हुने भएका छन्।
यसैगरी प्रवल जनसेवाबाट सुशीलकुमार गोयन्का, सुनिलकुमार बंशल, भारतप्रसाद पराजुली, बालकृष्ण भुसाल, भीमप्रसाद घिमिरे, सुरेन्द्रकुमार गोयल, राजेन्द्र अर्याल, खुमबहादुर सुवेदी, अशोककुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, पवनकुमार अग्रवाल र कुमुदकुमार दुगड विभूषित भएका छन् ।
विकास रत्न पदकबाट व्यवसायीहरु कुलचन्द्र ज्ञवाली, विनायक शाह, मोहनराज ओझा, दिनेशकुमार महतो, बैंकर शिक्षा भट्टचन, यमुना श्रेष्ठ, भुवन खराल, दीपक नेपाल लगायत सम्मानित हुने भएका छन्।