एशियन लाइफको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले २०७७/७८ को नाफाबाट वितरण गर्ने १४.५० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको सेयरमूल्य ४७१.६२ रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यका आधारमा सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले आइतबार कारोबार भएको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट १४.५० प्रतिशत बोनस सेयर र ०.७६ प्रतिशत नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

टुकुचा खोलामाथि बनेका घर नभत्काउन उच्च अदालतको अन्तरिम आदेश Read Previous

टुकुचा खोलामाथि बनेका घर नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

ऐन नबन्दा अन्योलमा पानी जहाज कार्यालय, आयोजना छ तर अघि बढेन काम Read Next

ऐन नबन्दा अन्योलमा पानी जहाज कार्यालय, आयोजना छ तर अघि बढेन काम