काठमाडौं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत खोलामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले दिएको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले उक्त आदेश दिएको हो ।
‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू(नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ।
यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ।
पछिल्लो समय काठमाडौं महानगरले टुकुचा खोला उत्खननको काम गरिरहेको छ । सोही क्रममा गत साता जय नेपाल हलको आँगनमा डोजरले खनेरको थियो । त्यस्तै, शनिबार लक्ष्मी बैंकको भवननिर खनेको थियो ।