मद्रास सेक्युरिटीले हस्तान्तरण गर्‍यो इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर

काठमाडौं । मद्रास सेक्युरिटी प्रिन्टर्सले इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स (ईडीएल)को सफ्टवेयर हस्तान्तरण गरेको छ ।

मद्रासको नेपाल एजेन्ट बिबी ट्रेड लिङ्कका प्रतिनिधिले यातायात व्यवस्था विभागलाई ईडीएलको सफ्टवेयर हस्तान्तरण गरेको सहायक सूचना अधिकारी अर्जुन अधिकारीले जानकारी दिए ।

उक्त कम्पनीले सफ्टवेयर हस्तान्तरण नगर्दा ड्राइभिङ लाइसेन्सदेखि अन्य स्टिकरलगायत काममा देखिएका समस्या अब समाधान हुने विभागले जनाएको छ ।

ईडीएलको सफ्टवेयर हस्तान्तरण भइसकेको र सोर्सकोडसमेत पाइसकेकाले अब सफ्टवेयर चलाउनेका लागि विभागका कर्मचारीलाई तालिम दिन कम्पनीले फेरि सम्झौता गरेको यातयात व्यवस्था विभागले जनाएको छ ।

घरजग्गा कारोबार आधा घट्यो, यी हुन् धेरै किनबेच भएका ठाउँ Read Previous

घरजग्गा कारोबार आधा घट्यो, यी हुन् धेरै किनबेच भएका ठाउँ

निजगढमा नै विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, यस्ता छन् आधार Read Next

निजगढमा नै विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, यस्ता छन् आधार