घरजग्गा कारोबार आधा घट्यो, यी हुन् धेरै किनबेच भएका ठाउँ

काठमाडौं । सरकारले जग्गा वर्गीकरण गर्न नसक्दा त्यसको प्रभाव घरजग्गा व्यवसायमा देखिएको छ । जग्गाको कित्ताकाट गर्न नपाउँदा किनबेचसँगै कारोबार सुस्ताएको हो ।

बैंकिङ प्रणालीमा देखिएको तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा ऋण पाउने अवस्था छैन् । जसको कारण गत आवको अन्त्यदेखि घरजगगा किनबेच घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो महिना(भदौ)मा घरजग्गा किनबेच आधा घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांक अनुसार गत वर्षको भदौमा ७० हजार ९० घरजग्गा किनबेच भएकोमा ३५ हजार ३७० ले घटेर समीक्षा अवधिमा ३४ हजार ७२० मा सीमित भएको हो ।

सरकारले गत जेठ मसान्तमा भूउपयोग नियमावली बनाएर कार्यान्वयनमा ल्याएको छ । सो अनुसार स्थानीय तहले जग्गा विभिन्न भागमा वर्गिकरण गर्नुपर्नेछ । तर, हालसम्म स्थानीय तहमा रहेको भूउपयोग परिषदले कृषि र गैह्र कृषि क्षेत्रगरी छुट्याउन सकेको छैन् । जसको कारण पारिवारीक कित्ताकाटमा समेत स्थानीय तहको सिफारीस आवश्यक पर्ने गरेको छ ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेर पछिल्लो चरणमा २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न भनेको छ । तर, तोकिएकै अवधिमा सबै स्थानीय तहले जग्गाको वर्गिकरण गर्न सक्ने अवस्था देखिदैन् भने कृषि क्षेत्रलाई पनि गैर कृषि बनाएर वर्गीकरण गर्न लागिएको घटनाहरु सार्वजनिक भइरहेका छन् ।

अघिल्लो साउनको तुलनामा भदौमा करिब १ हजार बढी घरजग्गा किनबेच भएको विभागले जनाएको छ । गत साउनको तुलनामा भदौमा कित्ताकाट पनि बढेको छ । यद्यपि, गत वर्षको भदौको तुलनामा यो निकै कम हो ।

विभागका अनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भएर १५ हजार ३०५ कित्ता कायम भएकोमा भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भएर २१ हजार ८७७ कित्ता कायम भएको छ ।

यी हुन धेरे घरजग्गा किनबेच भएका ठाउँ

विभागका अनुसार भदौमा देशभरका मालपोत कार्यालयहरुबाट ३४ हजार ७२० लिखत पारित हुँदा २ हजार ८३९ नामसारी, ३ हजार ६२६ संशोधन, ३६ हजार २८९ रोक्का, १९ हजार ९५६ फुकुवा र ९८२ दाखिला खारेज भएका छन् ।

यो महिनामा सबैभन्दा बढी कारोबार इनरुवा सुनसरी कार्यालयबाट भएको छ । उक्त कार्यालयबाट भदौमा १ हजार ७९५ घरजग्गा किनबेच भएको छ । त्यस्तै, बाँके नेपालगञ्ज मालपोत कार्यालयबाट १४ सय ४४ वटा, जनकपुरधाम धनुषाबाट १३ सय ६९, बेलबारी मोरङबाट १२ सय ६९, राजविराजबाट ११ सय २५ वटा, भद्रपुर झापाबाट १ हजार ३९ वटा र भक्तपुरबाट ९२६ वटा घरजग्गा किनबेच भएको छ ।

काठमाडौंमा ४३ सय घरजग्गा किनबेच भएका छन् । भदौ महिनामा उपत्यकामा सबैभन्दा धेरै भक्तपुर मालपोत कार्यालयबाट किनबेच भएको छ । यस मालपोत कार्यालयबाट ९२६ वटा घरजग्गा किनबेच भएकोे छ ।

त्यसैगरी, ललितपुर मालपोत कार्यालयबाट ८५०, कलंकीबाट ७१८, साँखुबाट ६९४, चावहिलबाट ५२६, मनमैजुबाट २५४, टोखाबाट ११५, डिल्लिबजारबाट १८६, टोखाबाट १३३ र गोटीखेलबाट १३ वटा घरजग्गा किनबेच भएको छ ।

रसुवागढी नाकाबाट धमाधम आउन थाल्यो सामान, ३ दिनमै भित्रिए ५६ कन्टेनर Read Previous

रसुवागढी नाकाबाट धमाधम आउन थाल्यो सामान, ३ दिनमै भित्रिए ५६ कन्टेनर

मद्रास सेक्युरिटीले हस्तान्तरण गर्‍यो इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर Read Next

मद्रास सेक्युरिटीले हस्तान्तरण गर्‍यो इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर